कारको ठक्करबाट बाटो काट्दै गरेकी महिलाको मृत्यु

177

भरतपुर । चितवनमा कारको ठक्करबाट शुक्रबार एक महिलाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१, ज्यामिरेस्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट पैदलयात्री खैरहनी नगरपालिका–२ बस्ने ५० वर्षीया बुद्धिमाया दराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१२च ३१७७ नम्बरको कारले बाटो काट्दै गरेकी दराईलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा साँझ ५ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...