भारतमा कोरोना संक्रमित ८० लाख ८८ हजार नाघ्यो : १ लाख २१ हजार बढीको मृत्यु

156

नयाँदिल्ली, एएनआई । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या शुक्रबारसम्ममा ८० लाख ८८ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ६ सय ४८ जना नयाँ संक्रमित थपिएका छन् भने ५ सय ६३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयकाअनुसार कोभिड–१९ बाट संक्रमितमध्ये करिब ७३ लाख ९४ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । कोभिड–१९ को संक्रमणबाट हालसम्म १ लाख २१ हजार ९० जनाको मृत्यु भएको छ । केही दिनदेखि नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले कोरोना भाइरस सक्रिय संक्रमित व्यक्तिको संख्या ५ लाख ९४ हजारको हाराहारीमा रहेको जनाएको छ । परिषदका अनुसार देशव्यापी कोरोना परीक्षण संख्या ११ करोड ६४ लाख रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...