रुसमा एकैदिनमा करिब १८ हजार नयाँ संक्रमित

214

एजेन्सी । रुसमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको संख्यामा वृद्धि हुँदै गइरहेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा रुसमा १७ हजार ७ सय १७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । यसअघि रुसमा एकैदिन १६ हजार २ सय २ जना संक्रमित भएका थिए ।

रुसमा बिहीबारसम्म कुल संक्रमितको संख्या १५ लाख ८१ हजार ६ सय ९३ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । यसअघि गत अक्टोबर २६ का दिन १७ हजार ३ सय ४७ जना संक्रमित भएका थिए ।

अधिकारीहरुले पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु भएकाको संख्या भने ३ सय ६६ रहेको जनाएका छन् । अघिल्लो दिन भने ३ सय ४६ जनाको मृत्यु भएको थियो । रुसमा अहिलेसम्म कोरोनाका कारण २७ हजार ३ सय १ जनाको मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...