प्रदेश एकमा थपियो ३४३ जना कोरोना संक्रमित

125

विराटनगर । पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश १ मा ३ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितमा मोरङका १ सय ६२ मध्ये विराटनगरका १ सय ३७, सुनसरीका १ सय ३५, झापाका ३३, धनकुटामा ४, भोजपुर र इलाममा २/२, पाँचथरमा १ र प्रदेश बाहिरका चार जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बुधबार थपिएका संक्रमितमा महिला १ सय ३६ र पुरुष २ सय ७ छन् भने विराटनगरमा महिला ५७ र पुरुष ८० छन् ।

अहिलेसम्ममा प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या आठ हजार ४ सय ४७ पुगेको छ भने बुधबार १० जनासहित चार हजार १ सय ३२ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टाका अवधिमा एक हजार ३ सय १० जनासहित अहिलेसम्ममा प्रदेशमा एक लाख ३० हजार ६ सय ७१ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...