प्रादेशिक अस्पतालमा उपचाररत ५७ वर्षीया  महिलाको मृत्यु

149

कैलाली । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको बिहीबार मृत्यु भएको छ । धनगढी, उपमहानगरपालिका–२ की ५७ वर्षीया महिलाको मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

कडा खालको निमोनियाबाट ग्रसित महिलाको कात्तिक १० गतेदेखि अस्पतालको मेडिकल वार्डमा उपचार भइरहेको र उनमा १२ गते मात्रै कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना अस्पतालमा सिफ्ट गरी उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए । उनले भने, “उपचारका क्रममा ती महिलाको आज बिहान मृत्यु भएको हो ।”

Share This:
सम्बन्धित खबर
Loading...