एजेन्सी । मेक्सिकोमा कोरोना भाइरस संक्रमितको संख्या ९ लाख पुगेको छ । कोरोना संक्रमणबाट मेक्सिकोमा ८९ हजारभन्दा बढीको मृत्यु भएको एक वरिष्ठ स्वास्थ्य अधिकारीले जनाएको छ ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट ६ सय ४३ जनाको मृत्यु भएको र पाँच हजार ९ सय ४२ नयाँ व्यक्तिमा संक्रमण भेट्टिएको मेक्सिकोका स्वास्थ्य मन्त्रालयका महामारी विभागमा निर्देशक जोसे लुइस अलोमियाले एक पत्रकार सम्मेलनमा बताएका छन् ।
मेक्सिकोमा ९ लाख १ हजार २ सय ६८ व्यक्ति कोरोना संक्रमित भएका र यस संक्रमणबाट ८९ हजार ८ सय १४ जनाको मृत्यु भएको जनाइएको छ । हाल ५२ हजार ४ सय २८ जना कोरोना भए नभएको परिक्षण गराइ परिणामको पर्खाइमा रहेका जनाइएको छ ।