बेलायतमा कोरोनाका कारण मे पछि एकै दिनमा सबैभन्दा धेरैको मृत्यु

222

लन्डन, एएनआई । बेलायतमा कोरोनाा भइरसका कारण मे पछि मंगलबार एकै दिनमा सबैभन्दा धेरैको मृत्यु भएको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार एकै दिनमा ३ सय ६७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ४५ हजार ३ सय ६५ पुगेको छ ।

बेलायतमा थप २२ हजार ८ सय ८५ जना कोरोना भाइरसबाट संक्रमित भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार बेलायतमा अहिलेसम्म कुल नौ लाख १७ हजार ५ सय ७५ जना संक्रमित भएका छन् ।

बेलायतका पब्लीक हेल्थ मेडिकल डाइरेक्टर डा यभोन्ने डोयलेले संक्रमण र यसबाट हुने क्षति बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले भनेका छन्, “निरन्तर उस्तै छ ।”

उनले अहिलेसम्मको प्रवृत्ति हेर्दा मृत्यु हुनेको संख्या बढ्दै गएको र अझै बढ्न सक्ने अनुमान समेत गरेका छन् ।

“हामीले हरेक दिन धेरै मानिसको परीक्षण गरिरहेका छौँ, अस्पताल प्रशासनले उनीहरुको संख्या बढिरहेको बताउने गरेका छन्, यस बारेमा अझ गम्भीर हुन जरुरी छ, अझ धेरै सूचित हुन आवश्यक छ,” उनले भने ।

बेलायती राष्ट्रिय तथ्याङ्क कार्यालयले यसअघि सार्वजनिक गरेको विवरणमा मृतक र संक्रमितहरुको हप्ताभरीको संख्यामा पनि वृद्धि भएको देखिएको छ ।

बीचमा केही समय घटेको देखिएपनि अहिले फेरि बढ्दै जानु थप चिन्ताको विषय भएको अधिकारीहरुले बताएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...