चितवनमा ५४ वर्षीय पुरुषको कोरोना संकमणबाट मृत्यु

153

भरतपुर । चितवनमा थप एक कोरोना (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको गैडाकोट नगरपालिका २ का ५४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

श्वासप्रश्वासको समस्या भएर कात्तिक ३ गते अस्पताल भर्ना भएका उनको मंगलबार बेलुका ५ः२६ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

उनलाई यही कात्तिक ४ गते कोरोना पुष्टि भएको थियो । उनको अवस्था जटिल बन्दै गएपछि अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । मृतक पुरुष मधुमेहको समेत बिरामी थिए ।

Share This:
सम्बन्धित खबर
Loading...