बाँकेका प्रजिअ कुरुम्बाङलाई कोरोना संक्रमण

210

राँझा । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना संक्रमण भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ जिल्ला प्रशासन कार्यालयमा रहेको निजी निवास मै आइसोलेसन बसेका छन् । प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले आफुमा संक्रमण पुष्टि भएको जानकारी गराउँदै आफूसँग सम्पर्कमा रहेका सबैलाई विशेष सावधानी अपनाउन अनुरोध गरेका छन् । बाँकेमा यसअघि सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई संक्रमण देखिएको थियो ।

२० संक्रमित सिकिस्त
बाँकेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २० संक्रमित सिकिस्त रहेका छन् ।

भेरी अस्पताल नेपालगञ्जमा १२ र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत २० संक्रमित सिकिस्त रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, भेरी अस्पतालमा ३४ मध्यम र ३ सामान्यखालका बिरामी छन् । त्यस्तै शिक्षण अस्पताल कोहलपुरमा १२ मध्यम र १६ सामान्य खालका विरामी स्वास्थ्य लाभ गरिरहेका छन् । भेरी अस्पताल नेपालगञ्जमा २७ महिला र २२ पुरुष, शिक्षण अस्पताल कोहलपुरमा १४ महिला र २२ पुरुष उपचाररत श्रेष्ठले बताए । बाँकेमा १ सय ९२ संक्रमितले होम आइसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन्

Share This:
सम्बन्धित खबर
Loading...