कोरोना संक्रमणमुक्त हुनेको संख्या ७४ प्रतिशत बढी

170

काठमाडौं । नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या ७४.१ प्रतिशत नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख १८ हजार ८ सय ४३ जना कोरोनामुक्त भएका छन् ।

प्रदेश १ मा ११ हजार २९, प्रदेश २ मा १६ हजार ४ सय ७८, बागमतीमा ५७ हजार ९ सय ५५, गण्डकीमा पाँच हजार ७ सय ६०, लुम्बिनीमा १४ हजार ५ सय १०, कर्णालीमा चार हजार ६ सय २० र सुदूरपश्चिममा आठ हजार ४ सय ९१ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा तीन हजार १ सय ६८ जना कोरोनामुक्त भएका छन् ।

देशभर मंगलबार ५ सय ७० जनामा संक्रमण पुष्टि भएको छ । दुई हजार ७ सय २५ नमूना परीक्षण गर्दा उक्त सङख्यामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा २ सय २५, भक्तपुरमा चार र ललितपुरमा २३ संक्रमित थपिएका छन् । प्रदेश १ मा ३५, प्रदेश २ मा १५, बागमतीमा २ सय ७३, गण्डकीमा ८० र लुम्बिनीमा १ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ । कर्णाली र सुदूपश्चिममा मंगलबार संक्रमित भेटिएका छैनन् । नेपालमा कोरोना संक्रमितको सङ्ख्या एक लाख ६० हजार ४ सय पुगेको छ ।

४० हजार ६ सय ८१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये २ सय ८१ को सघन उपचार कक्ष र ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । कूल ३२ हजार ४ सय ६४ संक्रमित होम आइसोलेसनमा छन् ।

झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् भने मुस्ताङमा सक्रिय संक्रमित छैनन् । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ८ सय ७६ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...