पछिल्लो २४ घन्टामा १,७४१ जनामा कोरोना पुष्टि : १५ जनाको मृत्यु

170

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप एक हजार ७ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा एक हजार ६४ पुरुष तथा ६ सय ७७ महिला रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या एक लाख ५९ हजार ८ सय ३० पुगेको छ ।

देशका विभिन्न प्रयोगशालामा विगत २४ घन्टामा पाँच हजार ६ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म एक लाख १५ हजार ६ सय ७५ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा चार हजार पाँच जना संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ४३ हजार २ सय ९३ जना सक्रिय संक्रमित रहेका छन् । हाल दुई हजार ९ सय ६९ जना क्वारेन्टिनमा रहेका छन् ।

देशभर आज थपिएका संक्रमितमा प्रदेश नम्बर १ को उदयपुरका एक, झापामा ५०, ताप्लेजुङ्को एक, मोरङ्का १३, सुनसरीका एक सय ८५, प्रदेश नम्बर २ को धनुषाका १२, बाराका पाँच, महोत्तरीका १४, सप्तरीका २९ र सिरहाका दुई, बागमती प्रदेशको काभ्रेका ५९, चितवनका २४, दोलखाका ७, धादिङका २४, नुवाकोटका ८, मकवानपुरका २९, रोमछापका ४, सिन्धुपाल्चोेकका दुई तथा सिन्धुलीका पाँच, गण्डकी प्रदेशका कास्कीका १०१, गोरखाका एक, तनहुँका १५, नवलपरासी पूर्वका ६०, लुम्बिनी प्रदेशका अर्घाखाँचीका ३३, कपिलवस्तुका २२, गुल्मीका ६, दाङ्का तीन, नवलपरासीका सात, पाल्पाका एक, प्युठानका चार, बाँकेका १२ तथा रुपन्देहीका ५८, कर्णाली प्रदेशका दैलेखका पाँच, जुम्लाका एक र रुकुम पश्चिमका एक तथा सुदूरपश्चिम प्रदेशका अछामका एक, कञ्चनपुरका एक तथा दार्चुलाका एक जना रहेका छन् ।

काठमाडौं उपत्यकामा ८९५ थपिए
पछिल्लो २४ घण्टामा काठमाडौं उत्यकामा ८ सय ९५ कोरोना संक्रमित थपिएको जनाइएको छ । थपिएका संक्रमितमध्ये काठमाडौंका ६ सय ७३, ललितपुरका १ सय ४६ तथा भक्तपुरका ७६ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

१५ जनाको मृत्यु
नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या ८ सय ६२ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...