कोरोना संक्रमणबाट ५० वर्षीय पुरुषको मृत्यु, तनहुँमा मृत्यु हुनेको संख्या ११ पुग्यो

185

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका निवासी एक पुरुषको सोमबार बिहान कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

ती पुरुषमा कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती पुरुषमा निमोनिया लगायतको समस्या थियो । योसँगै तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने गण्डकी प्रदेशमा ६८ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...