गण्डकीमा थप २५२ जना संक्रमित : कोरोना संक्रमणबाट ४ को मृत्यु

188

गण्डकी । गण्डकी प्रदेशमा सोमबार थप २ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेशमा कोरोना ससंक्रमितको सङ्ख्या छ हजार ७ सय ११ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

संक्रमणबाट थप चार जनाको मृत्यु
निर्देशनालयका अनुसार यो प्रदेशमा कोरोना संक्रमणबाट सोमबार थप चार जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) कावासोतीका ७७ वर्षीय पुरुषको सोमबार बिहान २ः३० बजे मध्यबिन्दु अस्पताल नवलपरासीमा र सोही जिल्लाको गैँडाकोटका ७३ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आइतबार निधन भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै कोरोना संक्रमणबाट पोखरा महानगरपालिका–१५ का ७८ वर्षीय महिलाको आइतबार राति ११ बजे चरक मेमोरियल अस्पताल पोखरामा र पोखरा–५ का ५५ वर्षीय पुरुषको आइतबार राति ९ः१० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको भएको निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...