नेपाल स्वर्ग हो : कतारी राजदूत

605

कपिलवस्तु । नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलले नेपाल स्वर्ग रहेको बताएका छन् । नेपालका नागरिक विश्वकै राम्रा र यहाँको प्राकृतिक वातावरण हराभरा सुन्दर भएको उनको भनाइ छ ।

यहाँका नेपालीको अवस्था बुझ्न आएको राजदूत हेलले नेपाल अति नै सुन्दर रहेको बताए । कपिलवस्तुका नागरिक कतारमा बढी नै सङ्ख्यामा भएकाले उनीहरुको परिवार र बाललिबालिकाको अवस्था बुझ्न यहाँ आएका हुन् ।

रोजगारीका सिलसिलामा कतारमा रहेका लगनशील नेपालीको रहनसहन, बोली, भाषा, दैनिकी, जीविकोपार्जनको अवस्था बुझ्न आएको राजदूत हेलले जानकारी दिए । कतारी राजदूतले यहाँका बालिबालिका संसारकै राम्रा रहेको जनाउँदै तिनको शैक्षिक अवस्था सुधार गर्न स्थानीयवासीसँग आग्रह गरे ।

कपिलवस्तुको भौतिक संरचना, सडक, बत्ती, स्वास्थ्य, शिक्षालगायत विभिन्न क्षेत्रको विकासका लागि कतार नेपाल सरकारसँग हातेमालो गर्न तयार रहेको उनले बताए ।

राजदूत हेलले रुपन्देहीको लुम्बिनी र कपिलवस्तुको कृष्णनगर क्षेत्रको अवलोकन गर्नाका तथा बालबालिकाका अवस्थाका बारेमा जानकारी लिएका थिए । । सो अवसरमा जनता समाजवादी पार्टीका केन्द्रीय नेता तथा पूर्वमन्त्री अकबाल शाहले राजदूतलाई कृष्णनगर क्षेत्रको अवलोकन गराइ वस्तुस्थितिबारे जानकारी गराएका थिए ।

नेकपाको भ्रातृ सङ्गठन मुस्लिम इत्तेहात संगठनका केन्द्रीय अध्यक्ष सिराज फारुकीले नेपालीले कतारमा दुःख गरेकाले कतार सरकारले तिनको तलब बढाउनुपर्ने प्रस्ताव राखे । आइतबार बिहान यहाँ आएका राजदूत साँझ काठमाडौं फर्किए ।

Share This:
सम्बन्धित खबर
Loading...