पछिल्लो २४ घन्टामा थप २,८५६ जनामा संक्रमण पुष्टि : ८४७ जनाको मृत्यु

178

काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाह्र हजार ३ सय ११ नमूना परीक्षण गर्दा एक हजार ७ सय ८९ पुरुष र एक हजार ६७ महिलामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ९ सय ६ पुरुष र ६ सय २९ महिला गरी एक हजार ५ सय ३५ संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या एक लाख ५८ हजार ८० पुगेको छ । प्रदेश नम्बर १ मा ५ सय ३९, प्रदेश नम्बर २ मा ५९, बागमतीमा एक हजार ८ सय ४९, गण्डकीमा १ सय ७८, लुम्बिनीमा १ सय ४६, कर्णालीमा नौ र सुदूपश्चिम प्रदेशमा ७६ जनामा संक्रमण पुष्टि भएको छ ।

पैँतालीस हजार ५ सय ७२ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये २ सय ७७ को सघन उपचार कक्ष र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । बितेको २४ घण्टामा तीन हजार ३ सय ३६ कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या एक लाख ११ हजार ६ सय ७० पुगेको छ जुन कूल संक्रमितको ७०.६ प्रतिशत हो ।

झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी(बर्दघाट सुस्तापूर्व), दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् भने मुस्ताङमा छैनन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पाँच जनाले ज्यान गुमाएका छन् । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ८ सय ४७ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...