भारतमा २४ घन्टामा ५० हजारलाई संक्रमण, कूल संक्रमितको संख्या ७८ लाख नाघ्यो

171

नयाँदिल्ली, एएनआई । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७८ लाख ६५ लाख पुगेको छ । गएको २४ घण्टामा भारतमा ५० हजार नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा परवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोना संक्रमितमध्ये ५ सय ७८ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोरोना संक्रमितमध्ये १ लाख १८ हजार ५ सय ३४ जनाको मृत्यु भएको छ ।

भारतमा अझै पनि ६ लाख ६८ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् भने ७० लाख ७८ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।

महाराष्ट्र राज्यमा कोरोना संक्रमणको सर्वाधिक असर परेको छ । यहाँ अझै १ लाख ४० हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा रहेका छन् । राज्यमा हालसम्म ४३ हजार १ सय ५२ जनाको ज्यान गइसकेको छ ।

कर्नाटक राज्यमा १० हजार ८ सय ७३ तथा केरलामा एक हजार ३ सय ६ जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले शनिबारसम्म देशभर १० करोड २५ लाख नमुना परीक्षण गरेको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...