हैदराबादमाथि १२ रनले विजयी हुँदै पञ्जाब पाँचाैं स्थानमा उक्लियाे

260

काठमाडाैं । युएइमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा किङ्स इलावेन पञ्जाब विजयी भएकाे छ । शनिबार राति भएकाे खेलमा पञ्जाबले सनराइजर्स हैदराबादमाथि १२ रनकाे राेमाञ्चक जित हात पारेकाे हाे ।

१ सय २७ रनकाे सामान्य लक्ष्य पाएकाे हैदराबादले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय १४ रन मात्र बनाउन सक्याे । डेविड वार्नरले पहिलाे विकेटका लागि जाेनी बेइस्ट्राेसँग ५६ रनकाे साझेदारी गर्दै राम्राे सुरूवात दिलाए पनि मध्य तथा तल्लाे क्रमका ब्याट्सम्यानहरू नचल्दा पराजित हुन पुग्याे । वार्नर ३५ तथा बेइस्ट्राे १९ रनमा आउट भए ।

यसैगरी, विजय शंकरले २६, मनिष पाण्डेले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दाेहाेराे अंकमा रन जाेड्न सकेन ।

हैदराबादलाई सस्तैमा समेट्ने क्रममा पञ्जाबका क्रिस जाेर्डन र अर्शदीप सिंहले ३-३ तथा रवि बिस्नाेइ, मुरूगन अश्विन र माेहम्मद शामीले एक/एक विकेट लिए ।

दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेकाे पञ्जाबले १ सय २६ रन बनाएकाे थियाे । पहिलाे विकेटका लागि ३७ रनकाे साझेदारी गरेकाे लाेकेश राहुल र मन्दीप सिंहले कमशः २७ तथा १७ रनमा आउट भए ।

यसैगरी, निकाेलास पूरनले नटआउट ३२, क्रिस गेलले २० तथा ग्लेन म्याक्सवेलले १२ रनकाे याेगदान दिए ।

पञ्जाबलाई कम स्काेरमा राेक्ने क्रममा राशिद खान, ज्यासन हाेल्डर र सन्दीप शर्माले समान २/२ विकेट लिए ।

जितसँगै पञ्जाब अंक तालिकाकाे पाँचाै स्थानमा उक्लिएकाे छ । पञ्जाबले ११ खेलबाट १० अंक जाेडेकाे छ भने हैदरबाद ८ अंकसहित छैटाैं स्थानमा रहेकाे छ ।

Share This:
सम्बन्धित खबर
Loading...