नागरिकको उपचारको जिम्मा लिनु सरकारको अनिवार्य दायित्व हो : पूर्वअध्यक्ष रेग्मी

158

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कोभिड–१९ ले आक्रान्त पारेको अहिलेका विषय परिस्थितिमा संयमित र संवेदनशील भई आफ्नै घरपरिवारमै बसेर दसैँ मनाउन सबैमा आह्वान गरेका छन् । दसैँका अवसरमा शनिबार दिएको सन्देशमा उनले आफ्नै घरपरिवारमा बसी दसैँ मनाउन तथा आफू सुरक्षित हुन र अरूलाई पनि सुरक्षित हुन दिन आग्रह गरेका छन् ।

नवदुर्गा भवानीले कोरोना महामारीसँग लड्न आत्मबल र सक्षमता प्रदान गरून् भनी उनले कामना गरे । जस्तोसुकै अवस्था रहे पनि आफ्नो परम्परा र संस्कृति छाड्न नसक्ने हाम्रो सभ्यता र पहिचान रहेको उल्लेख गर्दै पूर्वअध्यक्ष रेग्मीले समस्यासँग जुध्दै अघि बढ्न र चुनौतीको सामना गर्न आह्वान गरेका छन् ।

सबै नागरिकलाई महामारीबाट त्राण दिन सरकारले उपचारको जिम्मा लिनु अनिवार्य दायित्व रहेको बताउँदै पूर्वअध्यक्ष रेग्मीले भने, “महामारीलाई आधारभूत स्वास्थ्य सेवा नभने केलाई भन्ने कुरा आउँछ, सरकारको यो मानवीय र संवैधानिक दायित्व हो ।” बहुसांस्कृतिक विशेषतायुक्त नेपाली समाजमा मनाइँदै आएको महान् पर्व दसैँका उपलक्ष्यमा पूर्वप्रधानन्यायाधीश रेग्मीले सबै नेपालीमा शुभकामना पनि व्यक्त गरे ।

Share This:
सम्बन्धित खबर
Loading...