अमेरिकामा एकैदिन अहिलेसम्मकै धेरै संक्रमित

125

एजेन्सी । अमेरिकामा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । लकडाउन खुकुलो हुदै गएको, चुनावी गतिविधिहरु बढेको, भिडभाड धेरै हुन थालेको लगायतका कारणले संक्रमितहरुको संख्यामा वृद्धि भएको अधिकारीहरुले जनाएका छन् ।

केही अस्पतालहरुमा संक्रमितहरुको संख्या अत्यधिक भएको र उनीहरुकोमा त्यो संख्या पनि अहिलेसम्मकै धेरै भएको जनाइएको छ । अमेरिकामा शुक्रबार ८३ हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको तथ्याङ्का छ । तर मृत्यु दर भने राम्रो उपचारका कारण कम भएको बताइएको छ ।

विभिन्न निकायहरुले दिएको विवरण अनुसार अमेरिकामा कोरोना भाइरसको महामारी सुरू भए यता ८५ लाख मानिसहरू कोरोना भाइरस संक्रमित भएका छन् ।यसअघि एकैदिनमा सबैभन्दा धेरै संक्रमित गत जुलाई १७ मा भएका थिए । त्यो दिन ७६ हजार ८ सय ४२ रहेकोमा अहिले झण्डै ६ हजारले बढी भएको देखिएको छ ।

त्यसैगरी साप्ताहिक विवरण हेर्दा पनि गत एक हप्तामा ४ लाख ४१ हजारभन्दा बढीमा संक्रमित भएका छन् । यो सङ्ख्या पनि जुलाई यताको सबभन्दा धेरै भएको जनाइएको छ। तर मृत्यु भएकाहरुको सङ्ख्या भने गत अप्रिलको भन्दा कम नै रहेको छ । अप्रिलमा दैनिक दुई हजारको मृत्यु भएको थियो ।

पछिल्ला केही दिनदेखि संक्रमितहरुको संख्यामा वृद्धि भएसँगै अस्पताल भर्ना हुनेहरुको संख्यामा पनि वृद्धि भएको छ । शुक्रबारको तथ्याङ्क अनुसार ४१ हजार ४ सय ८५ जना विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

कतिपय देशहरुमा पछिल्लो समयमा फेरि संक्रमितहरुको संख्या बढ्न थालेको पाइएको छ । विश्व स्वास्थ्य संगठनले पनि अमेरिकासहितका कतिपय मुलुकहरुमा कोरोना भाइरसको फेरिमण फैलिने क्रम अत्यन्त धेरै रहेको र ती क्षेत्रको अवस्था कठिन रहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...