उपराष्ट्रपतिद्वारा चाडपर्व खर्च कोरोना उपचार कोषमा प्रदान

204

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले चाडपर्व खर्चवापत आफूलाई प्राप्त रकम ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा प्रदान गरेका छन् ।

उनले चालु आर्थिक वर्षका लागि प्राप्त चाडपर्व खर्च रकम कोषमा प्रदान गरेको उनका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए । उपराष्ट्रपतिले सो कोषमा यसअघि पनि एक महिनाको पारिश्रमिक रकम जम्मा गरिसकेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...