गौरीशङ्करको लुवाङसा-बुकुनी हुँदै कालोपोखरी-पाँचपोखरी यात्रा

138
  • प्रभु जिरेल

चरीकोट । हिमाली जिल्ला दोलखाको उत्तरी क्षेत्रमा पर्ने गौरीशंकर  हिमालको काखमा अवस्थित प्राकृतिक स्रोत र साधनले सम्पन्न गौरीशंकर गाउँपालिकाले पर्यटक प्रवर्द्धनको दीर्घकालीन कार्ययोजना कार्यान्वयनमा ल्याएको छ ।

समुद्री सतहदेखि ८ सय ९१ मिटरदेखि ७ हजार १ सय ३४ मिटरको उचाइसम्म फैलिएको यो गाउँपालिकामा पर्यटनको हिसाबले महत्वपूर्ण भएकाले यहाँको प्राकृतिक स्रोत र साधनको उच्चतम प्रयोग गदै पर्यटनको क्षेत्रमा विकास गराउने उद्देश्यले गाउँपालिकाले १० वर्षे गुरुयोजना ल्याइ गाउँपालिकाले गौरीशंकर संरक्षण क्षत्रसँग सहकार्य आरम्भ गरेको छ ।

पर्यटनको प्रवर्द्धनकै लागि विभिन्न क्षेत्रका प्रतिनिधिको पर्यटन सम्भाव्यता अध्ययन तथा अवलोकण भ्रमणका क्रममा र गाउँपालिका ५ चङ्खुको लुवाङसादेखि दोलखा र रामेछापको सिमाना पर्ने पाँचपोखरी जट्टापोखरीसम्मको क्षेत्रको अवलोकण गराइएको छ ।

चङ्खुको शेर्पा समुदायको होमस्टे लुवाङसामा बौद्ध परम्परा अनुसार गुम्बाबाट लामाले यात्रा सफलताको शुभकामनासहित सुरु भएको यात्राको पहिलो दिन डेरी, रिउती, स्यारताङ गोसा, पाङदीङ, छयोदिङ हुँदै ३ हजार ८ सय मिटरको उचाइमा पेम्दिङसम्म पुगेको थियो । यस क्षेत्रमा चौरी गाई तथा हिमाली बोट बिरुवाको आकर्षण र शीरमा रहेको गौरीशंकर हिमालले यात्रीलाई आनन्द तुल्याएको थियो ।

पेम्दिङमा बास बसेर बिहान सवेरै यात्रा तय गरेमा १ घण्टाको यात्रा पछि ४ हजार १ सय २१ मिटरको उचाइमा बुर्मछे डाँडामा पुग्न सकिन्छ । बुर्मुछे डाँडाबाट दोलखाको अधिकांश ठाउँलाई बिहानको घामको किरणसँगै नियाल्न सकिन्छ । धुपिनी डाँडामा विबहानको खाना खाएर पुन यात्रा गर्न सकिन्छ । करिब २ घण्टाको यात्रा पछि मानेडाँडा हुँदै ४ हजार २ सय ७४ मिटरको उचाइमा रहेको बुकिनी पुग्न सकिन्छ । बुकिनी अत्यन्त सुन्दर देख्न सकिन्छ । बुकिनी खर्कमा मार्वुका चौरी किसानले चौँरी पाल्ने देख्न सकिन्छ ।

हिमाली जडिबुटी, फूल, तथा हिउँले खिएर तल्लो यालेखर्क पुगेर बास बस्न सकिन्छ । याले खर्कमा हिउँ पग्लेर आएको कञ्चन खोलामा तीर्खा मेटाउन पाइन्छ ।

खिम्ती शीरसम्म गौरीशंकर गाउँपालिका चङ्खु मार्वु र जिरी नगरपालिको श्यामाका किसानले चौरी तथा भेडा पाल्ने गरेको पाइन्छ । यहाँबाट १ घण्टामा ४ हजार ४ सय ७३ मिटरको उचाइमा रहेको कालोपोखरी पुग्न सकिन्छ ।

कालोपोखरी/भुतपोखरी
समद्री सतहदेखि ४ हजार ४ सय ७३ मिटरको उचाइमा पर्ने यो पोखरीलाई भुतपोखरीको नामले समेत चिनिन्छ । उच्च क्षेत्रमा रहेको यो हिमपोखरीको छुट्टै विशेषता छ । अत्यन्त कालो देखिने यो पोखरीमा टाढैबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ । पोखरी वरिपरी हल्ला गरेमा कुहिरोले पोखरी डाक्ने मान्यता रहेको स्थानीयवासी टीकाबहादुर गुरुङले बताए । जम्मा ४ हजार ४ सय ७३ मिटरको उचाइमा रहेको यो पोखरी अत्यन्त आकर्षक छ । जट्टापोखरी पाँचपोरखी क्षेत्रमा दर्शन गरी पुन बासको लागि बेलुका एलेखर्क पुग्न सकिन्छ । एलेखर्कबाट गौरीशंकर गाउँपालिका चङ्खुको लुवाङसमा पुग्न सकिन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...