कोरोना संक्रमणबाट चितवनमा प्रहरी हवल्दारको मृत्यु

218

चितवन । कोरोना संक्रमणका कारण एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् । उनको चितवन मेडिकल कलेजमा बुधबार दिउँसो ४ः३० बजे मृत्यु भएको हो ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार क्यान्सरका बिरामी उनलाई ज्वरो, खोकीका कारण असोज २१ गते अस्पतालमा भर्ना गरिएको थियो । असोज २३ गते कोरोना संक्रमण पुष्टि भएका उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो ।

क्यान्सर रोगका कारण काम गर्न नसक्ने भए पछि उनको घरमानै बसेर उपचार गराइरहेको अवस्थामा बुधबार कोरोना संक्रमणका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...