दाङमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु

308

तुलसीपुर । दाङमा मंगलबार एक कोरोना संक्रमितको मृत्यु भएको छ । लमही नगरपालिका–५ निवासी ४३ वर्षीय पुरुषको होम आइसोलेसनमा बसेका अवस्थामा मृत्यु भएको हो ।

संक्रमितमा कमलपित्तको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले बताए ।  काठमाडौंमा उपचारपछि घर फर्किएको अवस्थामा स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो ।

संक्रमित पुरुष एक हप्तादेखि होम आइसोलेसनमा थिए । शव लमहीस्थित अजम्बरी सामुदायिक वनको खाली क्षेत्रमा नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...