प्रदेश एकमा अहिलेसम्मकै उच्च संक्रमण : पछिल्लो २४ घन्टामा ८७० संक्रमित

139

विराटनगर । पछिल्लो २४ घन्टाको अवधिमा प्रदेश १ मा ८ सय ७० जना कोरोना संक्रमित थपिएका छन् । यो दैनिक संक्रमण सङ्ख्यामा अहिलेसम्मकै उच्च हो ।

थपिएका संक्रमितमा सुनसरीका ४ सय ४९, मोरङका ३ सय ३७ मध्ये विराटनगरका २ सय ३२, झापाका ३८, इलामका १०, उदयपुरका सात, सोलुखुम्बुका छ, सङ्खुवासभा र तेह्रथुमका दुई/दुई, धनकुटा, खोटाङ, पाँचथर र ताप्लेजुङका एक/एक र प्रदेश बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मंगलबार थपिएका संक्रमितमा ३ सय ४८ महिला र ५ सय २२ पुरुष छन् ।

प्रदेश १ मा अहिलेसम्मममा कोरोना संक्रमितको सङ्ख्या १४ हजार ८ सय ५८ पुगेको छ भने अहिलेसम्मम छ हजार १ सय ८४ जना कोरोनाबाट मुक्त भएर घर फर्किएका छन् । मंगलबार मात्रै विभन्नि स्थानबाट १ सय ४७ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा यसप्रदेशमा एक हजार ६ सय ८२ जना सहित कुल एक लाख ४८ हजार ८ सय ६४ जनाको पिसिआर परीक्षण भइसकेकको मन्त्रालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...