थप ३,०९३ जनामा काेराेना संक्रमण : संक्रमितकाे संख्या एक लाख ४० हजार नजिक

154

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालभर थप ३ हजार ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर संक्रमितको संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३ हजार ९३ जनामा कोरोना पाेजेटिभ भएको जानकारी दिए । मन्त्रालयका अनुसार संक्रमितमध्ये २ हजार १ सय ८ जना कोरोना मुक्त भएका छन् भने ७ सय ६५ जनाको कोरोना संक्रमणले ज्यान गएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...