कोरोना अस्पताल उपचाररत बुटवलकी ४१ वर्षीया महिलाको मृत्यु

142

बुटवल । रुपन्देहीमा थप एक कोरोना संक्रमितको आज मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नंम्बर ११ की ४१ वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा बिहान मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार सोमबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको भेन्टिलेटरको सहायतामा सघन उपचार कक्षमा उपचार भइरहेको थियो ।

ती महिला मधुमेहकी दीर्घरोगी थिइन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यससँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५१ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...