प्रधानमन्त्री ओलीले चैत महिनादेखि तलब नलिएको खुलासा

172

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  विगत् २०६७ चैत महिनादेखि मासिक पारिश्रमिक नलिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् । सोमबार राति सामाजिक सञ्जालमार्फत उनले यस्तो जनाएका हुन् ।

कोरोना महामारी नियन्त्रणमा नआउन्जेल नलिने पहिले नै घोषणा गरेको स्मरण गराउँदै उनले लेखेका छन्, ‘‘मन्त्रिपरिषद्का सदस्यहरूले दसैँ भत्ता बापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । यो निर्णयको तेस्रो दिन मात्रै संसद सचिवालयमा दसैँ भत्ता फिर्ता गर्न निवेदन दिने पदाधिकारी र सदस्यहरूलाई धन्यवाद छ ।’’

Share This:
सम्बन्धित खबर
Loading...