भारतमा संक्रमितको संख्या ७५ लाख ५० हजार बढी : संक्रमितकाे संख्या दिनहुँ घट्दै

182

नयाँदिल्ली, सिन्ह्वा । भारतमा सोमबार कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ७५ लाख नाघेको छ । सोमबार बिहानसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना संक्रमित संख्या ७५ लाख ५० हजार २ सय ७३ पुगेको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख १४ हजार ६ सय १० जना पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा गत २४ घण्टामा ५५ हजार ७ सय २२ जनामा थप संक्रमण देखिएको र कोरोना संक्रमणको कारण ५ सय ७९ जनाको मृत्यु यहाँको परिवार तथा स्वास्थ्य मन्त्रालयलले जानकारी दिएको छ ।

अझै पनि भारतभरि ७ लाख ७२ हजार ५५ व्यक्ति संक्रिय संक्रमित रहेका छन् । कोरोनाको संक्रमण देखा परेयता हालसम्म ६६ लाख ६३ हजार ६ सय ८ जना संक्रमित व्यक्तिहरु कोरोना भाइरसमुक्त भएका छन । संक्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ ।

भारतमा संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या अहिले आठ लाखभन्दा कम भएको छ । यसअघि नौ, दश लाख संक्रमितहरु रहने गरेकोमा केही यताबाट घटेर आठ लाखभन्दा कम भएको अधिकारीहरुले जनाएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले गत शनिबार दिएको जानकारीअनुसार पछिल्लो ४५ दिनयता संक्रमित अवस्थामै रहेकाहरुको यो सङ्ख्या अहिलेसम्मकै कम हो ।

कोरोनाको संक्रमण देखा परेयता भारतमा सोमबारसम्म ९ करोड ५० लाख ८३ हजार ९ सय ७६ व्यक्तिलाई कोरोना भाइरस भएको या नभएको परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल (आइसिएमआर) ले जानकारी दिएको छ ।

जोन्स हकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार कोरोना भाइरसको संक्रमणको कारण विश्वभरि हालसम्म ११ लाख भन्दा बढीको मृत्यु भएको छ । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा चार करोड भन्दा बढी मानिस संक्रमित भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...