कर्मचारीमा काेराेना देखिएपछि प्युठान अस्पतालको बहिरङ्ग सेवा बन्द

159

झिमरुक । प्युठान अस्पतालमा कार्यरत चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएपछि सोमबारदेखि अस्पतालको बहिरङ्ग विभाग सेवा बन्द गरिएको छ । चार चिकित्सक र आकस्मिक कक्षमा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमणपछि ओपिडी सेवा बन्द गरिएको हो ।

अस्पताल व्यवस्थापन अधिकृत राजन घिमिरेकाअनुसार अर्को सूचना नआञ्जेल ओपिडी, फिजियोथेरापी र डेन्टल सेवा बन्द गरिएको छ ।

सो अवधिमा अस्पतालमा आकस्मिक र प्रसूति सेवालाई भने निरन्तरता दिइने जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...