गण्डकीमा हालसम्म ५,७८६ संक्रमित : ५० जनाको मृत्यु

131

गण्डकी । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ भने तीन हजार ४ सय ९९ जना निको भएका छन् ।

गण्डकी प्रदेश स्स्वास्थ्य निर्देशनालयका आइतबारको विवरणमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार ७ सय ८६ पुगेको निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रदेशमा हालसम्म कुल ८१ हजार ५ सय १५ जनाको नमूना परीक्षण गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...