खाँदबारीका कृषकलाई आधुनिक हलो वितरण

153

खाँदबारी । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले कृषकलाई आधुनिक हलो (मिनीटिलर) वितरण गरेको छ । परम्परागत कृषि पेशालाई व्यावसायिक र आधुनिकीकरण बनाउन खाँदबारी नगरपालिकाले कृषकलाई २८ आधुनिक हलो वितरण गरेको छ । श्रम र समयको बचत, सीमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् । नगरपालिकाले कृषकलाई अनुदानमा आधुनिक हलो मिनीटिलर वितरण गरेको नगर प्रमुख मुरारीप्रसाद खतिवडाले जानकारी दिए ।

आधुनिक खेतीप्रणाली विकास गर्न किसानलाई मिनीटिलर वितरण गरिएको हो । नगरपालिकाले नगरभित्रका किसानलाई व्यावसायिक कृषि प्रणालीको सुरुवात गर्न ५० प्रतिशत अनुदानमा मिनीटिलर उपलब्ध गराएको खाँदबारी नगर प्रमुख खतिवडाले बताए । किसानलाई राज्यले गरेको लगानी खेर नफाली उत्पादनमा वृद्धि गर्दै बढीभन्दा बढी मात्रामा आर्थिक उपार्जनतर्फ लाग्ने नगर प्रमुखले खतिवडाले आग्रह गरे ।

प्रतिहलो रु ६३ हजार २ सय ५० मूल्य पर्ने मिनीटिलर नगरपालिकाको ५० प्रतिशत अनुदानमा वितरण गरिएको नगरपालिका कृषि शाखाका प्रमुख मेगराज पोख्रेलले जानकारी दिए । नगरले किसानको ५० प्रतिशत लगानीमा नगरभित्रका २८ मिनीटिलर रु एक करोड ७७ लाख एक हजार मूल्य बराबरको वितरण गरेको जनाएको छ । नगरका ११ वडाका कृषक तथा कृषि समूहलाई एकएक वटाका दरले टिलर उपलब्ध गराइएको उनको भनाइ छ । वडामा दुई–दुई वटाका दरले र कृषि क्षेत्रमा लगाव धेरै भएका ६ वटा वडामा एकएक थप गरेर टिलर वितरण गरेको उनको भनाइ छ ।नगरले हरेक वर्ष किसानलाई मिनिटिलर वितरण गर्दै आएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...