थप २,९४२ जनामा कोरोना संक्रमण पुष्टि : ९२,१६६ संक्रमणमुक्त, ७३९ को मृत्यु

228

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या एक लाख ३२ हजार २ सय ४२ पुगेको छ ।

देशका विभिन्न प्रयोगशालामा २४ घण्टामा १४ हजार ८ सय ३१ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म ९२ हजार १ सय ६६ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा दुई हजार ३ सय २६ संक्रमित निको भएर घर फर्किएका छन् ।

हालसम्म १२ लाख ८३ हजार ३ सय ५४ जनाको पिसिआर परीक्षण गरिएको छ । देशभर हाल ३ सय १ संक्रमितको अतिसघन कक्ष तथा ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको डा गौतमले बताए । प्रदेश नम्बर १ मा ३५ संक्रमित अतिसघन कक्षमा र ११ भेन्टिलेटरमा, प्रदेश नम्बर २ मा १२ संक्रमित अतिसघन कक्षमा, बागमतीमा १ सय ६६ संक्रमित अतिसघन कक्षमा र ४६ भेन्टिलेटरमा, गण्डकीमा २० संक्रमित अतिसघन कक्षमा र चार भेन्टिलेटरमा, लुम्बिनीमा ५५ संक्रमित अतिसघन कक्षमा र चार भेन्टिलेटरमा, सुदूरपश्चिममा ६ संक्रमित अतिसघन कक्ष र तीन भेन्टिलेटरमा तथा कर्णालीमा सात संक्रमित अतिसघन कक्ष र दुई जनाको भेन्टिलेटरमा भइरहेको जनाइएको छ ।

हाल देशभर ३९ हजार ३ सय ४१ सक्रिय संक्रमित छन् । छब्बीस हजार ४ सय ८ संक्रमित होम आइसोलेसनमा बस्दै आएका छन् । होम आइसोलेसनमा रहेका संक्रमित प्रदेश नम्बर १ मा चार हजार १ सय २०, प्रदेश नम्बर २ मा ८ सय १४, बागमतीमा १६ हजार ७ सय ६५, गण्डकीमा ९ सय ३०, लुम्बिनीमा दुई हजार २ सय ८१, कर्णालीमा ८ सय ८ तथा सुदूरपश्चिम प्रदेशमा ६ सय ९० छन् । हाल चार हजार ८ सय ३१ संक्रमित क्वारेन्टिनमा छन् ।

यस्तै हालसम्म प्रदेश नम्बर १ मा सात हजार ९ सय ३४, प्रदेश नम्बर २ मा १५ हजार ५ सय ७०, बागमतीमा ४० हजार २ सय ४४, गण्डकीमा चार हजार ७ सय ८७, लुम्बिनीमा ११ हजार ८ सय ७६, कर्णालीमा तीन हजार ८ सय ६८ तथा सुदूरपश्चिम प्रदेशमा सात हजार ८ सय ८७ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

काठमाडौंमा १,६९८ संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उत्यकामा एक हजार ६ सय ९८ कोरोना संक्रमित थपिएको डा गौतमले जानकारी दिए । थपिएका संक्रमितमध्ये काठमाडौंमा एक हजार ४ सय ६९, ललितपुरमा १ सय ३० तथा भक्तपुरमा ९९ जना छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

संक्रमणबाट १२ को मृत्यु
नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७ सय ३९ पुगेको छ । शनिबार पनि १२ संक्रमितको मृत्यु भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...