प्रदेश नम्बर एक : कोरोना संक्रमणबाट थप पाँचको मृत्यु

154

मोरङ । प्रदेश नम्बर १ मा पछिल्लो २४ घण्टाका अवधिमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाका तीन तथा मोरङ र सुनसरीका एकएक छन् ।

सामाजिक विकास मन्त्रालयकाअनुसार कोरोनाबाट मृत्यु हुनेको सङख्या १ सय २९ पुगेको जनाएको छ । प्रदेशमा सोही अवधिमा ४ सय ८१ कोरोना संक्रमणका बिरामी थप भएका छन् । उक्त अवधिमा गरिएको एक हजार ४ सय ५० जनाको पिसिआर परीक्षणमा १ सय ९९ महिला र २ सय ८२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

सङ्क्रमितहरुमा विराटनगरका १ सय २४ सहित मोरङका १ सय ९५, सुनसरीमा १ सय ७०, झापाका ७२, सङ्खुवासभाका १५, इलाममा नौ, खोटाङमा चार, भोजपुरमा एक र प्रदेश बाहिरका १५ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा संक्रमितको सङ्ख्या १३ हजार १ सय ८३ पुगेको छ । हालसम्म एक लाख ४५ हजार ३ सय ८३ जनाको पिसिआर परीक्षण सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...