रुपन्देहीमा दीर्घरोग नरहेका कोरोना संक्रमितको मृत्यु

139

बुटवल । रुपन्देहीमा थप एक कोरोना संक्रमितको शनिबार मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–८ का ४९ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार गत असोज २७ गते कोरोना संक्रमण पुष्टि भएपछि चार दिनसम्म होम आइसोलेसनमा बसेका उनलाई सास फेर्न समस्या भएपछि अस्पताल भर्ना भएका थिए ।

उनमा कुनै दीर्घ समस्या थिएन । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोना संक्रमितबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...