खाँदबारी । कोरोना भाइरसको संक्रमणबाट सङ्खुवासभामा पहिलो पटक एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएका धर्मदेवी नगरपालिका–३ का ८० वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार शनिबार अपराह्न १ बजे उनको मृत्यु भएको हो । उनी तीन दिनदेखि होम आइसोलेसनमा बसेका थिए । संक्रमितको मृत्यु भएपछि स्थानीयवासी थप त्रसित बनेका छन् ।