चितवनमा एकै दिन तीन संक्रमितको मृत्यु

164

चितवन । चितवनका विभिन्न अस्पतालमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत दुई जना र चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमितको उपचारका क्रममा शनिबार मृत्यु भएको हो ।

मृतक मध्ये दुई जना चितवनका र एक जना रौतहटका रहेका छन् । भरतपुर अस्पतालमा उपचाररत रौतहटको माधवनारायण वडा नम्बर ७ की ७० वर्षीया महिलाको शनिबार बिहान ९ः२५ बजेको समयमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । गत असोज २९ गते ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भइ ती महिला आइसोलेसनमा भर्ना भएकी थिइन् । असोज २८ गते संक्रमण पुष्टि भएपछि उनी आइसोलेसनमा बसेकी थिइन् ।

यस्तै आजै भरतपुर अस्पतालमा एक जनप्रतिनिधिको निधन भएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका १२ का नेपाली कांग्रेसका तर्फबाट निर्वाचित वडा सदस्य कोरोना संक्रमित ४१ वर्षीय बद्रीबहादुर पाण्डेको निधन भएको हो ।

चितवन मेडिकल कलेज भरतपुरमा खैरहनी नगरपालिका वडा नम्बर ६ की ६८ वर्षीया संक्रमित महिलाको पनि शनिबार बिहान मृत्यु भएको छ । कोभिड सघन उपचार कक्षमा उपचाररत ती महिलाको बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...