काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा एक हजार ७ सय ४६ सहित देशभर तीन हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा एक हजार ४ सय ५१, ललितपुरमा १ सय ५२ र भक्तपुरमा १ सय ४३ नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा १५ हजार ४ सय ३८ नमुना पिसिआर विधिबाट परीक्षण गरिएको थियो । नेपालमा कूल संक्रमितको सङ्ख्या एक लाख २९ हजार ३ सय ४ पुगेको छ । हालसम्म १२ लाख ६९ हजार ६ सय ५ नमूनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार २५ हजार ३ सय ४८ संक्रमित होम आइसोलेसन र १३ हजार २ सय ९९ संक्रमित संस्थागत आइसोलेसनमा छन् । सक्रिय संक्रमितको सङ्ख्या ३८ हजार ७ सय ३७ पुगेको छ । संक्रमितमध्ये २ सय ९० जनाको आइसियू र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा एक हजार ८ सय जना कोरोना मुक्त भएका छन् । यससँगै नेपालमा कोरोना मुक्त हुनेको सङ्ख्या ८९ हजार ८ सय ४० पुगेको छ । जुन कूल सङ्क्रमितको ६९.४ प्रतिशत हो ।
मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, कास्की, रुपन्देही, बाँके, भक्तपुर, ललितपुर र काठमाडौंमा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् भने मुस्ताङमा सक्रिय संक्रमित छैनन् । कोरोनाबाट पछिल्लो २४ घन्टामा १२ जनाको ज्यान गएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ७ सय २७ पुगेको छ ।