होम आइसोलेसनमा बसेका भक्तपुर ६९ वर्षीय पुरुषको मृत्यु

178

भक्तपुर । कोरोना संक्रमणपछि होम आइसोलेसनमा बसेका भक्तपुरका एक संक्रमितको शनिबार होम आइसोलेसनमै ज्यान गएको छ ।

दम तथा निमोनियाका बिरामी भक्तपुर नगरपालिका–७ इनाचोका ६९ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण शनिबार मृत्यु भएको स्वास्थ्य कार्यालय, भक्तपुरले जनाएको छ ।

गत असोज २८ डा इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेसनमा बसेकामा शनिबार मृत्युपछि स्थानीय जनप्रतिनिधि, प्रहरीको रोहवरमा मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गरेको भक्तपुर नगरपालिका–८ का वडाध्यक्ष उकेश कवांले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...