उम्मेदवारी दर्ता गर्न हेलिकोप्टरमा हेटौंडा गए गृहमन्त्री बादल

649

काठमाडौं । बागमती प्रदेशमा हुन लागेको राष्ट्रियसभा सदस्यको चुनावमा उम्मेदवारी दिन गृहमन्त्री राम बहादुर थापा‘बादल’ हेलिकोप्टरमार्फत् हेटौंडा गएका छन् ।

उम्मेदवार दर्ता गर्न केही घन्टा बाँकी रहनु पहिले नेकपा एमाले स्थायी कमिटीको अनौपचारिक बैठकले राष्ट्रियसभा सदस्य उम्मेदवार बनाउने निर्णय गरेको थियो । त्यसपछि बादल उम्मेदवारी दर्ता गर्न हेलिकोप्टरमा हेटौंडा गएका हुन् ।

उम्मेदवारी दर्ताको समय आज दिउँसो ४ बजेसम्म छ ।

२०७४ को चुनवमा बादलले माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।

नेकपामा विवाद भएपछि बादल प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका थिए । सर्वोच्चको फैसलापछि नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ब्युँतिएपछि एमालेमा लागेका बादललाई माओवादीले कारबाही गरेको थियो ।

राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव कुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव समूहले संयुक्त गठबन्धनले डा. खिमलाल देवकोटालाई साथ दिएको छ भने नेकपा एमाले ओली पक्ष एक्लै छ ।

Share This:
सम्बन्धित खबर
Loading...