अक्सिजनसहित १५ शय्याको आइसोलेसन सेन्टर निर्माण

977
  • आशिष भारद्धाज

रोल्पा । सुनिलस्मृति गाउँपालिकाले १५ शय्याको अक्सिजनसहितको आइसोलेसन सेन्टर निर्माण गरेको छ ।

वडा नम्बर २ खुंग्रिमा रहेको त्रिपुरेश्वरी माध्यमिक विद्यालयमा आइसोलेसन सेन्टर निर्माण गरिएको हो । बिहीबार गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्ती, वडा नम्बर २ का वडा अध्यक्ष नेत्र बहादुर गिरीले उक्त निर्माण भएको आइसोलेसन सेन्टरको अनुगमन तथा निरीक्षण गरे ।

अनुगमन पछि उक्त आइसोलेसन सेन्टरमा थप आवश्यक पर्ने सामग्री तत्काल उपलब्ध गराउने समेत अध्यक्ष घर्तीले बताए । आवश्यक सामग्री तत्काल व्यवस्थापनका लागि गाउँपालिका स्वास्थ्य शाखालाई निर्देशन समेत गरिसकेका छन् ।

कोरोना भाइरस बढ्दै गएमा र बेडको अभाव भएमा आइसोलेसन सेन्टरमा थप शय्याको व्यवस्था समेत गर्ने अध्यक्ष घर्तीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...