प्युठानमा थप एक हप्ता निषेधाज्ञा

507

प्युठान । कोरोना नियन्त्रणका लागि प्युठानमा थप एक हप्ता निषेधाज्ञा गर्ने निर्णय भएको छ ।

बिहीबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो । यसअघि वैशाख १८ देखि २४ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय बैठकले गरेको थियो । अब वैशाख मसान्तसम्म निषेधाज्ञाको समय थप भएको छ

बैठकले एन्टिजेन परीक्षणका लागि प्रदेश सरकारसँग ५ हजार कीट माग गरेको छ । त्यसैगरी १ सय थान अक्सिजन सिलिण्डर माग गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए ।

यसैबीच जिल्लास्तरीय आइसोलेसन केन्द्र बिहीबारदेखि सञ्चालनमा आएको छ । प्युठान नगरपालिका–४ बिजुवारस्थित निर्माण व्यवसायी संघ प्युठानको भवनमा रहेको आइसोलेसन केन्द्र सञ्चालनमा आएको हो ।

५० शय्या रहेको आइसोलेसन केन्द्रमा हाल ३२ शय्या तयारी अवस्थामा रहेको नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...