नेपाल सुपर लिग : विराटनगरलाई हराउँदै काठमाडौं प्लेअफमा

536

काठमाडौं । काठमाडौं रेजर्स पहिलो संस्करणको फ्रेञ्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा प्रवेश गरेको छ ।

बिहीबार भएको रोमाञ्चक खेलमा विराटनगर सिटी एफसीलाई ५–४ गोल अन्तरले पराजित गर्दै काठमाडौंले प्लेअफमा स्थान पक्का गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले ह्याट्रिक गोल गरे । यस्तै स्टेफेन बिनोङ र छिरिङ गुरुङले एक–एक गोल गरे ।

विराटनगरका पेड्रो मान्जीले दुई गोल फर्काए । यस्तै एडिलाजा सोमिडे र रन्जित धिमालको नाममा एक–एक गोल रह्यो ।

जितसँगै काठमाडौंले ५ खेलमा १० अंक जोडेको छ । यससँगै काठमाडौं प्लेअफमा पुग्ने दोस्रो टिम बनेको छ । विराटनगरले ५ खेलमा ७ अंक जोडेको छ । विराटनगरको पनि प्लेअफ सम्भावना रहेको छ ।

यस्तै आजै भएको पहिलो खेलमा ललितपुर सिटी एफसी विजयी भएको थियो । प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई १–० गोल अन्तरले पराजित गर्यो ।

Share This:
सम्बन्धित खबर
Loading...