एमाले बागमती प्रदेशको मुख्य सचेतकमा निरौला

273

हेटौंडा । नेकपा (एमाले) बागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला मानोनीत भएका छन् ।

तत्कालीन मुख्य सचेतक केशव पाण्डे प्रदेशको आन्तरिक तथा कानुनमन्त्री भएपछि रिक्त रहेको सो पदमा निरौलालाई मनोनीत गरिएको हो ।

दलका नेता एमव् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले दलको विधान २०७७ को दफा १३ बमोजिम निरौलालाई मनोनयन गरेका हुन् ।

निरौलालाई गत वैशाख १७ गते मुख्य सचेतकमा नियुक्त गरी बिहीबार बागमती प्रदेशसभा सचिवालयमा जानकारी समेत गराइएको छ ।

काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रदेशसभा सदस्य निरौला नेकपा एमालेको काठमाडौं जिल्ला कमिटी सचिव समेत हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...