कोरोना संक्रमित बोक्न तिलोत्तमाका प्रमुख र उपप्रमुखले बनाए आफू चढ्ने गाडीलाई एम्बुलेन्स

400

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले प्रमुख र उपप्रमुख चढ्ने गरेको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको छ ।

नगरपालिकाभित्रै कोरोनाका गम्भीर बिरामीको संख्या थपिँदै गएकाले उनीहरूलाई अस्पताल लैजान एम्बुलेन्स अभाव हुन थालेपछि यस्तो निर्णय गरिएको नगर प्रमुख वासुदेव घिमिरेले बताए ।

नगरपालिका प्रमुख घिमिरेले लु१झ३६० नम्बरको र उपप्रमुख जगेश्वरीदेवी चौधरले लु१झ ३२६ नम्बरको स्कार्पियो गाडी प्रयोग गर्दै आएका छन् ।

“अहिलेको परिस्थितिमा नागरिकले एम्बुलेन्स नपाएर घरमै छटपटाइरहँदा हामी गाडी चढेर हिँड्न सुहाउँदैन,” घिमिरेले भने, “नागरिककै करबाट खरिद गरेका सरकारी गाडी नागरिककै लागि प्रयोग गर्दैछौं ।”

उक्त गाडीमा सिट र अक्सिजन सिलिन्डर व्यवस्थापन भइरहेको र आजदेखि नै एम्बुलेन्सको रूपमा प्रयोगमा ल्याइने उनले बताए । दैनिक दुई सय जनासम्म संक्रमित थपिँदै गइरहेको तिलोत्तमामा जिल्लामै बुटवल उपमहानगरपछि धेरै संक्रमित छन् ।

Share This:
सम्बन्धित खबर
Loading...