नेपालगञ्जमा ३ जना कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया गरेर बच्चा निकालियो

700

नेपालगञ्ज । नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा एक सातामा तीन जना संक्रमित गर्भवती महिलाको सफल शल्यक्रिया गरेर बच्चा निकालिएको छ ।

नेपालगञ्ज मेडिकल कलेजले बुधबार एक विज्ञप्ति जारी गरेर संक्रमित भई जटिल अवस्थामा पुगेका तीन जना महिलाको कोहलपुरमा सफल शल्यक्रिया गरेर बच्चा जन्माइएको जानकारी दिएको हो ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका सहनिर्देशक डा नितेश कनोडियाले पछिल्लो पटक भूमी–४ रुकुमकी ३२ वर्षीया संक्रमित महिलाको शल्यक्रियामार्फत बच्चा ९छोरी० निकालिएको बताए ।

उनका अनुसार पिसिआर रिपोर्ट पोजेटिभ आएपछि ती महिला वैशाख २० गते राति ९ बजेतिर अस्पताल भर्ना भएकी थिइन् ।

यस्तै, सुर्खेत भेरीगंगा नगरपालिका–११ की २२ वर्षीया संक्रमित गर्भवती र नेपालगञ्ज उपमहानगरपालिका–६ की ३२ वर्षीया संक्रमित गर्भवतिको शल्यक्रियामार्फत बच्चा निकालिएको थियो ।

डा। कनोडियाका अनुसार मेडिकल कलेजमा अहिले तीन जना संक्रमित सुत्केरी छन् ।

Share This:
सम्बन्धित खबर
Loading...