जेठ १७ गते लुम्बिनीमा राष्ट्रियसभाको उपनिर्वाचन

314

काठमाडौं । निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ १७ गते उपनिर्वाचन गर्ने भएको छ ।

आयोगको बैशाख १९ गते बसेको बैठकले जेठ १७ गते उपनिर्वाचन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राज कुमार श्रेष्ठले जानकारी दिए ।

मतदानका लागि बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्मको समय निर्धारण गरिएको छ । यसैगरी, लुम्बिनी प्रदेशको राजधानी तोकिएको दाङ जिल्लाको सदरमुकाम घोराहीस्थित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापन गरिने भएको छ ।

माओवादीबाट निर्वाचित सांसद चन्द्र बहादुर खड्का एमाले प्रवेश गरेपछि यो पद रिक्त छ ।

Share This:
सम्बन्धित खबर
Loading...