लुम्बिनीमा थपिएका ३ मन्त्रीले लिए शपथ

मन्त्रिपरिषद् विस्तार

471

रूपन्देही । लुम्बिनी प्रदेश सरकारमा मंगलबार थपिएका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलले तेस्रो पटक मन्त्रिपरिषद् विस्तारमा थप भएका तीन मन्त्रीलाई प्रदेश प्रमुख धर्मनाथ यादवले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

नवनियुक्त मन्त्रीहरू चेतनारायण आचार्यलाई आन्तरिक मामिला तथा कानुन, भोजप्रसाद श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या र धर्मबहादुर लाल श्रीवास्तवलाई शिक्षा तथा सामाजिक विकासमन्त्रीको रूपमा शपथ गराइएको छ ।

योसँगै लुम्बिनी मन्त्रिपरिषद् १० सदस्यीय भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...