कोरोना संक्रमितको संख्या बढेपछि महालक्ष्मीमा अत्यावश्यक बाहेकका सेवा बन्द

212

ललितपुर । कोरोना संक्रमित थपिदै गएपछि ललितपुरको महालक्ष्मी नगरपालिकाले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने भएको छ ।

सो नगरका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सापकोटाले शुक्रबार जारी गरेको सूचनामा नगरपालिकामा आगामी कात्तिक २ गतेदेखि ६ गतेसम्मका लागि अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिएको उल्लेख छ ।

महालक्ष्मीमा शुक्रबार दिउँसो साढे दुई बजेसम्म संक्रमित सङ्ख्या ६ सय १६ पुगेको छ । तीमध्ये स्वास्थ्य लाभ गर्ने २ सय ६९, सक्रिय संक्रमित ३ सय ४४ र मृतकको सङ्ख्या तीन रहेको नगरपालिकाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...