श्रीलंकालाई बंगलादेशविरुद्धको टेष्ट सिरिज

821

एजेन्सी । बंगलादेशविरुद्धको टेष्ट सिरिजमा घरेलु टोली श्रीलंकाले कब्जा जमाएको छ । दोस्रो टेष्टको पाँचौँ दिन श्रीलंकाले बंगदादेशलाई २ सय २७ रनमा समेट्दै २ सय ९ रनको फराकिलो अन्तरले विजयी भएको हो । जितसँगै श्रीलंकाले २ खेलकाे टेष्ट सिरिज १–०ले जितेकाे छ ।

४ सय ३७ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश पाँचौँ दिनमा २ सय २७ रनमा समेटियो । बंगलादेशका मुस्ताफिजुर रहमानले ४०, मेहिदी हसनले ३९, सैफ हसनले ३४ तथा मोमिनुल हकले ३२ रन बनाए ।

श्रंलंकाका प्रविण जयविक्रमाले ५ तथा रमेश मेन्डिसले ४ विकेट हात पारे ।

बंगगलादेशले पहिलो पारीमा तामिम इक्बालको ९२ रनको मद्धतमा २ सय ५१ रन बनाएको थियो भने श्रीलंकाले ४ सय ९३ रनमा पारी समाप्तीको घोषणा गरेको थियो ।

श्रीलंकाका ओपनरद्वय लाहिरु थिरिमाने र डिमुथ करुनरत्नेको शतकीय पारीको योगदान दिए । थिरमानेले १ सय ४० तथा करुनरत्नेले ११ स १८ रन जोडे । यस्तै, ओशाडा फर्नान्डोले ८१, निरोशन डिक्वेलाले नटआउट ७७ तथा रमेश मेन्डिसले ३३ रनको योगदान दिए ।

पहिलो इनिङ्समा २ सय ४२ रनको अग्रता लिएको श्रंलंकाले दोस्रो पारीमा ९ विकेटको क्षतिमा १ सय ९४ रन बनाउँदा पारी समाप्त गर्दै बंगलादेशलाई ४ सय ३७ रनको लक्ष्य दिएको थियो ।

जितसँगै श्रीलंकाले २ खेलको टेष्ट सिरिज १–० ले आफ्नो पक्षमा पारेको छ । दुई टोलीबीचको पहिलो टेष्ट बिना नतिजा टुंगिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...