भ्यालेन्सियामाथि बार्सिलोनाको जितमा मेस्सीको दुई गोल

191

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोना विजयी भएको छ । १–०ले पछि परेको अवस्थालाई उल्टाउँदै बार्सिलोना ३–२ गोलले विजयी भएको हो । जितसँगै ला लिगाको उपाधि होडमा फर्किएको छ ।

भ्यालेन्सियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले २ तथा एन्टोनियो ग्रिजमनले एक गोल गरे । भ्यालेन्सियाका ग्राबियल पउलिस्टा र कार्लोस सोलेरले एक–एक गोल फर्काए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो । ५०औँ मिनेटमा भ्यालेन्सियाका ग्राबियल पउलिस्टले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

बार्साका कप्तान मेस्सीले ५७औँ मिनेटमा टोलीलाई बराबरी ल्याए । यस्तै, ६३औँ मिनेटमा एन्टोनियो ग्रिजमनले गोल गर्दै २–१ को अग्रता दिलाएका थिए । ६९औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै ३–१ स्थितिमा पुर्याए ।

८३औँ मिनेटमा भ्यालेन्सियाका कार्लोस सोलेरले गोल गर्दै अन्तर घटाएपनि त्यो पर्याप्त भएन ।

जितसँगै ३४ खेलबाट ७४ अंक जोडेको बार्सिलोना तालिकाको तेस्रो स्थानमा छ । ७६अंकसहित एट्लेटिको मड्रिड शीर्ष स्थानमा । रियल मड्रिड दोस्रो स्थानमा छ ।

Share This:
सम्बन्धित खबर
Loading...